युरोपेली संघले रुसमाथि कडा प्रतिबन्धको घोषणा

२०७८, १३ फाल्गुन शुक्रबार १०:४९

काठमाडौँ: युरोपेली संघले रुसमाथि कडा प्रतिबन्धको घोषणा गरेको छ । युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले यसलाई युरोपका लागि महत्वपूर्ण भनेकी छन् ।

प्रतिबन्धहरू धेरै व्यापक छन्। वित्तीय क्षेत्र, ऊर्जा, यातायात र रुसी सरकारसँग सम्बद्ध उच्च वर्गको भिसामा पनि प्रतिबन्ध लगाइएको छ ।

युरोपेली संघका प्रमुखले प्रतिबन्धले रुसका तेल प्रशोधन केन्द्रहरूलाई प्रविधि र विमानका स्पेयर पार्ट्स खरिद गर्न असम्भव बनाउने बताइन्।

ईयु प्रमुखले ट्वीट गर्दै भनेकी छिन्, ‘प्रतिबन्ध स्वीकृत भएको छ र यसबारे ईयूभित्र एकता छ। ‘

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई ३३ करोड ६० लाख डलर सहयोग र सैन्य उपकरण पनि उपलब्ध गराउने बताएका छन् ।

इयूले रुसबाट ग्यास खरिदमा भने प्रतिबन्ध लगाएकाे छैन। यसबारे पनि प्रश्न उठिरहेका छन् । युरोपेली संघका प्रमुखले रुसको उर्जामा युरोपको निर्भरता घटाउन विकल्प खोजीरहेको बताएकी छिन् । बीबीसी

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु