किन हात धोएरलागे बाबुराम , गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्नुपर्छ।

२०७८, १२ फाल्गुन बिहीबार २०:४८

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ दुई नेताबीच भेटवार्ता भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

एमसीसीलाई लिएर जसपामा विवाद देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले एमसीसीको समर्थन गरेका छैनन् भने बाबुराम भट्टराई एमसीसीको पक्षमा रहेका छन् ।

उनी गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छन् ।

प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । उनले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु