प्रि ओपन सेसन अपडेटः ५ अंक घट्यो नेप्से

२०७८, १२ फाल्गुन बिहीबार ११:१०

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १५.५० अंक घटेर २७२०.४३ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ४.९९ अंक घटेर २७१५.४४ विन्दुमा २७१५.४४ पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.१८ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा २८ कम्पनीको ३४ लाख ५१ हजार ४७ रुपैयाँ बराबरको ६ हजार ३१३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १० कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर