तनहुँमा किटानी जाहेरी गरे लगतै मेडिकल चेकअप , पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूर

२०७८, ११ फाल्गुन बुधबार २०:००

काठमाडौं – अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिका एक गायिकाल मेडिकल चेकअप गरेकी छन् ।

ती गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी ती गायिकाले त्यहास्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझाव अनुरुप ती गायिकाले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको ती गागिका आरोप छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु