सिडिओ कार्यालय अछामले रचना रिमाललाई ‘लभ यु’

२०७८, १० फाल्गुन मंगलवार २०:००

धनगढीः सामाजिक सञ्जालमा अचेल प्राय सबै सक्रिय हुन्छन्। त्यसमाथि फेसबुक र टिकटकमा त केटाकेटी, युवायुवतीदेखि बुढापाका सम्मका सबै उमेर समूहका मान्छेहरु सक्रिय भइरहेका छन्। पछिल्लो समयमा फेसबुक र टिकटक नचलाउने सायदै भेटिएलान्। फेसबुकले गर्दा कयौ राम्रा सन्देशमुलक कामहरु पनि हुने गरेका छन्।
एक अर्कासँग सहजै वार्तालाप लगायतका थुप्रै यसका बिशेषता छन्। तर, पछिल्लो समयमा यसको दुरुपयोग पनि उत्तिकै बढिरहेको पाइएको छ।
पछिल्लो समयको नेपाली समाजमा फेसबुकबाटै ठुला तथा साना अपराधिक काम तथा गैरकानूनी धन्दाहरु समेत मौलाइरहेका छन्। यसैबेला जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक अकाउन्ट विवादित बनेको छ। पछिल्लो समयकी चर्चित कलाकार गायिका रचना रिमाललाई लभ यु भनेपछि उक्क अकाउन्ट विवादित बनेको हो।
यसअघि पनि जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक अकाउन्ट विवादित नबनेको भने होइन। बेलाबखतमा चर्चा र विवादमा आइरहने उक्त फेसबुक अकाउन्टको चर्चा पुनः एकपटक चुलिएको छ। फेसबुकमा जिल्ला प्रशासन कार्यालय, सिडिओ लगायतका कर्मचारीको चौतर्फी आलोचना भैरहेको छ।
गायिका रिमालको फेसबुक लाइभमा प्रशासन कार्यालयको अकाउन्टबाट लभ यु भनेर कमेन्ट गरिएपछि आलोचना सुरु भएको हो।
रिमालले फागुन १ गते हजुर मुसुक्कै बोलको गीत सार्वजनिक भएकोबारे जानकारी गराउदै फेसबुक लाइभमा आइरहँदा जिल्ला प्रशासन कार्यालय अछामको आइडीबाट यस्तो कमेन्ट गरिएको थियो।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु