प्रदेशको नामकरणका लागि मंगलबार सर्वदलीय बैठक आह्वान

२०७८, १० फाल्गुन मंगलवार १०:०१

माोरङ: प्रदेश १ सरकारले प्रदेशको नामकरणका लागि मंगलबार सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको सत्तारुढ गठबन्धन दलले प्रदेशसभामा गठबन्धन दलबाट एउटामात्रै नाम प्रस्ताव गर्ने सहमति भएको छ ।
पाँच दलीय गठबन्धनको तर्फबाट ५० जना, एमालेको ४१, राप्रपाको १ गरी ९२ सदस्यीय प्रदेश सभामा नामकरणका लागि ६१ सांसद आवश्यक हुने संवैधननिक व्यवस्था छ ।

त्यसैले एमालेको समर्थाबिना प्रदेशको नामकरण सम्भव छैन । साढे तीन महिनादेखि स्थगित रहेको प्रदेश सभाको बैठक फागुन १५ बोलाएको छ । मुख्यमन्त्री राईले प्रदेशसभाको चालु हिउँदे अधिवेशनबाट नै प्रदेश नामकरणको प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् ।

यसअघिका तत्कालिन नेकपाका मुख्यमन्त्री शेरधन राई र भीमप्रसाद आचार्य नेतृत्वका सरकारले प्रदेश नामकरणको प्रक्रियासमेत अघि बढाउन सकेका थिएन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु