बतास समूहले पशुपति धर्मशाला सञ्चालन गर्न नपाउने

२०७८, ९ फाल्गुन सोमबार १९:४५

काठमाडौं: बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश उच्च अदालत पाटनले खारेज गरेकाे छ ।

उच्च अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आज सोमवार अन्तरिम आदेश दिनु नपर्ने निर्णय गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

केही दिनअघि न्यायाधीश नरीश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतकाे उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गरेकाे हुनाले बतास समूहले अब पशुपति धर्मशाला सञ्चालन गर्न पाउने छैन ।

उच्च अदालतले निवेदकको मागअनुसार अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाएकोमा सुनुवाइपछि अन्तरिम आदेश दिन नपर्ने भनेको हो । पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले यसअघि उच्च अदालत मुद्दा दायर गरेको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु