भोलि बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, एमसीसी परेन

२०७८, ७ फाल्गुन शनिबार १९:२९

काठमाडौँ प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

फाइल फोटो

संघीय संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसीसम्बन्धी प्रस्ताव भने परेको छैन ।प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।यो बैठकमा सरकारबाट एमसीसीसम्बन्धी प्रस्ताव टेबुल हुने भनिँदै आए पनि कार्यसूचीमा राखिएको छैन ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा सरकारले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/७८ पेश गर्ने विषय मात्र छ ।यद्यपि, सरकारले बैठकअघि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरी एमसीसीलाई कार्यसूचीमा राख्न लगाउन सक्ने सम्भावना पनि रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु