बेलायतमा युनिस आँधी:विद्युत अवरुद्ध, तीनजनाको मृत्यु

२०७८, ७ फाल्गुन शनिबार १०:४२

बेलायतमा आँधीका कारण तीनजनाको मृत्यु भएको छ। शुक्रबारको आँधी केही दशकयताकै भीषण रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन्। युनिस आँधीका कारण जनजीवन प्रभावित भएको छ।

आँधीले रुखहरु ढालेको तथा भग्नावशेषहरु उडाएको थियो। लण्डनमा करिब ३० वर्षकी एक महिला, ह्याम्पसरमा करिब २० वर्षका युवा तथा मर्सिसाइडमा ५० वर्ष पार गरेका एक पुरुषको मृत्यु भएको हो।

आँधीका कारण बेलायतमा करिब दुई लाख घरको विद्युत सेवा अवरुद्ध भएको छ। यस्तै दुई लाख ५० हजार घरमा विद्युत सेवा केही समय अवरुद्ध भएको थियो।

आँधीका कारण अझै पनि तीव्र गतिमा हावा चल्न सक्ने भएकाले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सचेत गरिएको छ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु