७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजाले जारी गरेको शुभकामना सन्देश

२०७८, ६ फाल्गुन शुक्रबार १९:२७

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई दिशाहीन बनाएको टिप्पणी गरेका छन् ।

फाइल फोटो

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार पूर्व राजाले जारी गरेको शुभकामना सन्देशमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस् भनिएको छ । पूर्व राजाले भनेका छन्– आफ्नो देशको प्रकृति र परवेशबाट पृथक भएर बाहिरी लोभ,प्रलोभनमा पर्नु प्रजातन्त्र होइन । प्रजातन्त्र नियन्त्रित र निर्देशित हुँदैन । यो स्वतः स्फूर्त एवं लोकसम्म हुन्छ र हुनुपर्छ ।

 शुभकामना सन्देश

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु