निःशुल्क आस्वा सुविधा दिनेमा अब चार बैंक मात्र बाँकी रहे

२०७८, ४ फाल्गुन बुधबार १५:२६

बैंकले एक सूचना जारी गरेर फागुन ४ गतेदेखि लागु हुने गरी शेयर निष्काशनको लागि बैंकमार्फत आवेदन दिँदा प्रति आवेदन १५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । बैंकले आजबाट जारी भएको प्राथमिक शेयर निष्काशनलाई मध्यनजर गरेर शुल्कको शुरुवात गरेको हो । आजबाट राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब ८ लाख कित्ता शेयर निष्काशन हुँदैछ ।

पछिल्लो समय बैंकको खुद व्याज आम्दानीमा गिरावट आउन थालेपछि बैंकले विभिन्न शुल्कमा आधारित आम्दानी बढाउन थालेका छन् । कुनै बैंकले एटीएम शुल्क महंगो गर्ने र कुनैले इन्टरनेट र मोबाइल बैकिङको शुल्क महंगो बनाउने गरिरहेका छन् । बैंकहरुले १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म आस्वा शुल्क लिने गरेका छन् । अब निःशुल्क आस्वा सुविधा दिने बैंकमा मेगा बैंक, नबिल बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआईसी एसिया बैंक मात्रै रहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु