प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी

२०७८, ४ फाल्गुन बुधबार ०७:३२

काठमाडौँ: सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।

संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन, सत्तासीन कांग्रेसका नेताहरूले कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीमा एमसीसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।

कांग्रेसको मंगलबार सम्मपन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियाे । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी राेक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन ।

सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसीसीको विरोध गरिरहे पनि दबाबमा छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु