सेबोन अध्यक्षको लागि तीन जनाको सिफारिस, मन्त्रिपरिषद्को आगामी बैठकले एकलाई अध्यक्ष नियुक्त गर्ने

२०७८, ३ फाल्गुन मंगलवार ०७:४५

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष लागि तीन जनाको नाम सिफारिस भएको छ ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश कुमार हमालको नाम अध्यक्षको लागि सिफारिस गरेको हो ।

छनौट समितिले सिफरिस गरेको ३ जना मध्ये एक जनालाई मन्त्रिपरिषद्काे आगामी बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

अध्यक्षका लागि १५ जनाको आवेदन परेकोको परेको थियो । त्यसमध्येबाट छनौट समितिले दोस्रो चरणमा कार्ययोजना प्रस्तुतिकरण तथा अन्तरवार्ताको लागि ५ जनाको नाम छनौट गरेको थियो ।

पाँच जनाको लिस्ट परेका निरज गिरि र खगेन्द्र कटुवाल भने बोर्ड अध्यक्षको दौडबाट बाहिरीएका छन् ।

Comments

ताजा खबर