सुन जस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ

२०७८, १ फाल्गुन आईतवार १५:३९

काठमाडौं: सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् ।

राहदानी नम्बर इजे०२४८१३१ बाहक ३६ वर्षीय झाङ लीलाई प्रहरीले शनिबार पक्राउ गरेको हाे ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा चारवटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएको पदार्थ फेला परेकाे हाे । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरीको भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु