शेरबहादुर देउवाको नाम इतिहासमा कालो अक्षरले लेखिने

२०७८, २९ माघ शनिबार ०९:२०

काठमाडौं: नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसीजस्तो नेपाललाई कुठाराघात गर्ने र द्वन्द्वको भुमरीमा होम्ने सम्झौता अनुमोदन गराउन नेकपा एमाले अध्यक्षका केपी ओलीसँग सहमति गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् ।
नेता मैनालीले भने, “एमसीसी सहयोगका नाममा आएको अमेरिकी पासो हो । यो हात्तीको देखाउन दाँत मात्र हो । अमेरिकाले नेपाललाई आफ्नो नियन्त्रणमा ल्याएर चीनविरोधीमा मोर्चा संलग्न गराउन खोजेको छ ।

यो उसको आफ्नो विरोधीको विरुद्धमा प्रयोग गर्ने डिजाइन हो । नेपालको शान्ति र स्थिरतालाई खलबलाउने प्रयत्न हो । यो नेपालको विकासको बाधक छ ।” प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच एमसीसीजस्तो राष्ट्रघाती सम्झौता हुनु दुःखद भएको पनि उनले औंल्याए ।

मैनालीले भने, “एमसीसीजस्तो नेपाललाई कुठाराघात गर्ने र द्वन्द्वको भुमरीमा होम्ने सम्झौता अनुमोदन गराउन ओलीसँग सहमति गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम इतिहासमा कालो अक्षरले लेखिनेछ ।

यसको जवाफ जनताले समयक्रममा दिने नै छन् । विगतमा पनि महाकाली सम्झौता गर्ने देउवा र अनुमोदन गर्ने ओली नै हुन् । तिनीहरुलाई माधव नेपालले पनि साथ दिएका थिए । हाम्रो अनुरोध छ, पास नगर्नुस् । अन्यथा हाम्रो विरोध जारी रहन्छ ।”

सभामुख अग्निप्रसाद सापकोटाले देशभक्तको काम गरिरहेको पनि मैनालीको दाबी छ । उनले भने, “एमसीसी राष्ट्रघाती सम्झौता हो ।सभामुख अग्निप्रसाद दिनसम्म थेग्न सक्नुहुन्छ रु उहाँविरुद्ध कुनै पनि हत्कण्डा प्रयोग हुन सक्छ । संवैधानिक र कानुनी बाध्यता पनि हुन सक्छ ।”

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु