विश्व सुन बजारमा सुन एकै दिन प्रति अउन्स २० डलरले वृद्धि भएको छ । बुधबार सो बजारमा दुई साताकै उच्च स्तरमा सुन कारोबार भइरहेको छ ।
बुधबार सुन प्रति अउन्स एक हजार ८२८ डलर बराबरमा खरिदब्रिकी हुँदैछ । अमेरिकाको मुद्रास्फितीकाे तथ्यांक यस साता सार्वजनिक हुने भएपछि सुन करिब दुई साताकै उच्च विन्दुमा पुगेको हो ।
मुद्रास्फितीको जोखिम र रसिया तथा युक्रेनको सम्भावित युद्धको खतराका कारण पनि सुनको मूल्य वृद्धि भएको हो ।
यस वर्ष सुन प्रायजसो एकै मूल्यमा अड्किरहेको छ । जनवरी २५ मा सुन प्रति अउन्स एक हजार ८४९ डलर तोकिएको थियो जुन २ महिना यताकै उच्च हो । त्यसपछि भने सुनको मूल्य लगातार ओरालो लागिरह्यो । तर मंगलबार र बुधबार भने सुनको मूल्य उच्च रुपमा वृद्धि भयो । एक महिनामा सुन १२ डलरले घटेकाे तथ्यांकले देखाउँछ ।
२०२१ जुनको सुरुवातमा भने सुन वर्षकै उच्च स्तरमा पुगेको थियो । सो समयमा अन्तरराष्ट्रिय बजारमा सुन प्रति अउन्स एक हजार ९०७ डलरमा कारोबार भएको थियो । त्यसपछि भने नोभेम्बर १७ मा सुनको उच्च कारोबार मूल्य प्रतिअउन्स एक हजार ८६६ डलर थियो ।
विश्लेषकहरुका अनुसार मुद्रास्फितीको चिन्ताले सुनकाे भाउ घट्नकालागि सहयाेग गरिरहेको छ । अर्काेतर्फ अमेरिकन फेडरल रिजर्भको व्याजदर वृद्धि हुने बढ्दो अपेक्षाले भाउ बढ्नलाई नियन्त्रण गरेको छ ।
अस्थिर इक्विीटी, ईटिएफ प्रवाह, भूराजनीतिक तनाव र मुद्रास्फितीका कारण सुनको मूल्य बढ्न सहयोग पुगेको हाे । यद्यपी अमेरिकी डलरको सूचकमा उच्च बण्डको रिटर्न तथा लाभ सिमित छ ।
यसैगरी, सुन प्रति अउन्स एक हजार ८०० डलरकै आसपासमा रहने विश्लेषकहरुको अनुमान छ । तर मौद्रिक नितीमा थप कडाई गरिने अपेक्षा बढ्दा उल्टो हुन सक्ने पनि उनीहरु बताउँछन् ।
जनवरीका लागि अमेरिकाको मुद्रास्फिती तथ्यांक बिहीबार आउँदैछ । गत साता राम्रो श्रम तथ्यांक आएपछि अमेरिकाको केन्द्रीय बैंकले तिव्रताकासाथ नीति कडा बनाइरहेको छ ।
सामान्यतया सुनलाई मुद्रास्फिती विरुद्धको सुरक्षा मानिन्छ । तर सुनको मूल्य बढिरहेको अवस्थामा व्याजदर वृद्धिले सुनलाई होल्ड गर्दा अपरच्युनिटी कस्ट बढ्छ ।