प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

२०७८, २६ माघ बुधबार ११:००

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १६.३० अंक बढेर २८३५.५८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७५ अंक बढेर २८३७.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेकाे छ।

बुधबार प्रि ओपन सेसनमा ५ कम्पनीको ७ लाख ९३ हजार २४५ रुपैयाँ बराबरको ६५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।


ताजा खबर