प्रधानमन्त्री अब के गर्लान ? मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी

२०७८, २५ माघ मंगलवार ०८:१३

काठमाडौं: नागरिक अभियानकर्मी तारानाथ दाहालले उजुरी दिएका हुन्। उनले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएका छन्।
५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौर नसंहार दोहो¥याउने धम्की दिएकी थिइन्। ७ चैत, २०६३ मा तत्काली मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको हत्या गरेका थिए।
मन्त्रीको उक्त अभिव्यक्तिले विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसुर गर्न दुरुत्साहन दिने र द्धन्द फैलाउने कारबाही गर्न उजुरीमा माग गरिएको छ। कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरी जाहेरी दरखास्त हुलाकमार्फत रौतहट प्रहरीलाई पठाएको दाहालले बताए।

Comments

ताजा खबर