अमेरिकामा वर्कपरमिट अब दुई बर्षको लागि मान्य हुने

२०७८, २५ माघ मंगलवार ०७:०८

अमेरिका: यूएससीआइएसले अब देखि वर्कपरमिट दुई बर्षका लागि मान्य हुने जनाएको छ । यस अधि अशाइलम बाहेका वर्कपरमिट एक बर्षको लागि मात्र मान्य हुदै आएका थिए ।

वर्कपरमिट नविकरणमा कुनै समय ६ महिना भन्दा बढी समय लाग्दा सेवाग्राही प्रभावित बन्दै आएका थिए ।

यूएसीआइएसले सोमवार विज्ञप्तिजारी गर्दै निश्चित आवेदकहरूको लागि नयाँ वर्कपरमिटको अधिकतम वैधता समय थप भएको जनाएको छ ।

‘आज देखि यूएससीआइएसले सामान्यतया निम्न श्रेणीका आवेदकहरूलाई दुई वर्षको लागि मान्य हुने नयाँ र नवीकरण गरिएको इएडीइस प्रदान गर्नेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

इएडीइस भनेको वर्क परमिटमा हुने विदेशी दर्ता नम्बर,ए-नम्बर जस्तै सांकेतिक नम्वर हो ।

शरणार्थीको रूपमा आवेदन दिएका, स्वीकृत भएका, निर्वासन वा निष्कासनको रोक्का स्वीकृत भएका र महिला विरुद्ध हिंसा ऐन (भीएडब्लुए) का लागि प्रदान गरिने वर्कपरमिटको अवधी सोमवारकै मिति देखि दुई वर्षको हुने छ ।

यस्तै यूएसीआइएसले अत्यावश्यक मानवीय कारण वा महत्त्वपूर्ण सार्वजनिक लाभका काम र डाका श्रेणीका आवेदकहरूलाई सामान्यतया प्यारोल वा स्थगित कार्य अवधिको अन्त्यसम्म नयाँ र नवीकरण गरिएको इएडीएस प्रदान गर्ने जनाएको छ ।

यूएसीआइएसले नयाँ नीति फेब्रुअरी सात देखिका नयाँ र नवीकरण आवेदनमा लागु हुने जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु