साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ।

२०७८, २४ माघ सोमबार ११:०१

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ४०.५७ अंक घटेर २८३६.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९१ अंक घटेर २८३४.२६ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४९ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा १३ कम्पनीको १८ लाख २१ हजार ५०८ रुपैयाँ बराबरको २ हजार ६१८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर