गौतम अडानी विश्वकै धनी व्यक्तिहरुको सूचीमा टप १०

२०७८, २४ माघ सोमबार ०९:१८

काठमाडौं: विश्वभरीको शेयर बजारमा जारी गिरावटले शीर्ष अर्बपतिको धनमा गम्भीर उलटफेर भएको छ । यसबाट अर्बपतिहरुको बरियतामा पनि भारी परिवर्तन आएको छ ।
“यो हलचलमा भारतका अर्बपति गौतम अगाडी एसियाकै धनी व्यक्ति बनेका छन् । यससँगै उनले भारतका अर्बपति मुकेश अम्बानीबाट एसियाकै धनी व्यक्तिको ताज खोसेका छन् ।
“गौतम अडानी विश्वकै धनी व्यक्तिहरुको सूचीमा टप १० मा उक्लिएका छन् ।फोर्ब्सको रियल टाइम बिलियनेयर लिस्टका अनुसार गौतम अडानी एण्ड फेमिली अहिले ९० अर्ब डलर सम्पत्तिका साथ दशौं स्थानमा छन् । पछिल्लो २४ घण्टाम भलै उनको धनमा ६७२ मिलियन डलर गिरावत आएको छ ।”
“तर शीर्षका अन्य अर्बपतिलाई अझै धेरै नोक्सान भएको छ । लामो समयदेखि भारत र एसियाकै सबैभन्दा धनी व्यक्ति रहेका मुकेश अम्बानीको सम्पत्ति पछिल्लो १ दिनमा २.२ बिलियन डलर कम भएको छ । यसबाट उनको कूल सम्पत्ति ८९ बिलियन डलर रह्यो । मुकेश अम्बानी विश्वव्यापी रुपमा ११ औं र भारत तथा एसियामा दोस्रो स्थानमा छन् ।
“पछिल्लो उलटफेरमा सबैभन्दा धेरै नोक्सानी फेसबुकका मार्क जुकरबर्गलाई भएको छ । फेसबुकको शेयरमा आएको २६ प्रतिशत गिरावटका कारण उनको सम्पत्ति एकैचोटी २९।७ बिलियन डलर घटेको छ ।”

“यसरी उनको सम्पत्ति केवल ८४।८ बिलियन डलररह्यो । उनी अहिले अडानी र अम्बानीपछि १२ औं स्थानमा झरेका छन् ।

“संसारकै सबैभन्दा धनी एलन मस्कलाई पनि शेयर बजारको गिरावटले नोक्सानी भएको छ । पछिल्लो १ दिनमा मस्कको नेटवर्थमा ३.३ बिलियन डलरको गिरावट आएको छ ।”

“यद्यपि अझै पनि उनी २३२.३ बिलियन डलर सम्पत्तिसहित शीर्ष स्थानमा कायमै छन् ।अमेजनका जेफ बेजोसलाई पनि भारी नोक्सान भएको छ । यससँगै उनी १ स्थान तल खस्किएर तेस्रो स्थानमा झरेका छन् । बेजोसको सम्पत्ति ११।८ बिलियन डलर घटेर १६४।८ बिलियन डलर भएको छ ।”

“बेजोस खस्किएसँग बर्नार्ड आर्नल्ट दोस्रो स्थानमा उक्लिएका छन् । आर्नल्ट अहिले १९३.६ बिलियन डलर सम्पत्तिसहित विश्वका दोस्रो धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति पनि १ दिनमा ४.८ बिलियन डलर घटेको छ ।”

“विश्वका शीर्ष १५ धनीहरुमध्ये चीनका झोंग शानशानको मात्रै सम्पत्ति पछिल्लो २४ घण्टामा बढेको छ । उनको सम्पत्ति २.२ बिलियन डलर बढेर ७७.२ बिलियन डलर पुगेको छ र उनी १५ औं स्थानमा छन् ।”

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु