श्रीमतीका कारण परिवारमै पीडा, रङ्गे हात भेट्दा पनि न्याय नपाएको गुनासो

२०७८, २३ माघ आईतवार १७:३०

स्याङ्जाः स्याङ्जाको चापाकोट घर भै अहिले पोखरा उपमहा नगरपालिका १७ घारिपाटन बस्दै आएका लिलबहादुर गुरुङ आफ्नी श्रीमतिले आफुलाई बिना कारण विभिन्न आरोप लगाई मुद्दा दायर गरेको भन्दै मिडियामा आएका छन । आफु बैदेशिक रोजगारीमा बिदेश हुदाँ कहिल्यै घर नबसी पर पुरुषसगँ लागेर हिड्ने गरेको उनले बताए । तर अहिले आफुलाई खान लाउन दिएन भन्दै श्रीमतिले उजुरी गरेको लिल बहादुरको भनाई छ । बिबाह गरेको केही समय पछि बाट नै श्रीमती आफू खुशी बाहिर हिड्ने गरेको उनको भनाई छ ।

१६ वर्ष अघि बिबाह गरेको एक वर्ष सम्म भने सम्बन्ध ठिकै भएको उनको भनाई छ । आफ्नो एक छोरा पनि भएको लिलबहादुरले बताएका छन । अहिले श्रीमतिले छोरा समेत लिएर हिडेको उनको भनाई छ । बिबाह भएको एक वर्ष पछि देखि श्रीमती घर बस्न छोडेको उनले बताएका छन । सधै माइती तिरै जाने बस्ने गरेको उनको भनाई छ । आफुले धेरै पटक ससुराली गएर सम्झाएर घर ल्याउने प्रयास गरेको लिलबहादुरले बताएका छन । तर श्रीमतिले सधै अपशब्द बोल्ने गरेको उनको भनाई छ ।

छोरा बिदेश मै भएको बेला बुहारिले ६ वर्ष अघि खान लाउन नदिएको भन्दै मुद्दा हालेको लिलबहादुरकी आमाले बताएकी छिन । छोरा वैदेशिक रोजगारिमा कोरिया गए पछि भने बुहारी दशैँमा टीका लाउन एक दिन घर आउने गरेको र अरु बेला सधैँ माइतीमै बस्ने गरेको लिलबहादुरकी आमाले बताएकी छिन । बुहारिले मुद्दा हाले पछि मात्र छोराले बुहारिसगँको सम्बन्ध पहिले देखि नै राम्रो नभएको भनी आफुहरुलाई बताएको लिलबहादुरकी आमाको भनाई छ ।

परिवारको सहमतिमा राम्रैसगँ मागी बिबाह गरेको भएता पनि बिबाह गरेको केही समय देखि नै श्रीमती खासै घर नबसेको लिलबहादुरले बताएका छन । बुबा आमा बिरामी भएकोले घरमा बसेर खाना बनाउने लगायत काममा सहयोग गर भन्दा पनि श्रीमती कहिल्यै केही पनि काम नगर्ने र माइती कसैलाइ नभनी नै हिड्ने गरेको उनले बताएका छन । आफू बैदेशिक रोजगारीका लागि कोरिया गए पछि भने श्रीमती घरमा बस्न नै छोडेको उनले बताए ।

आफु बिदेशमा हुदा नै श्रीमती अन्य केटाहरुसगँ हिड्ने गरेको भन्ने आफुले थाहा पाएको लिलबहादुरको भनाई छ । आफुसग भने खासै कुरा गर्न नै नमान्ने गरेको उनले बताए । श्रीमती अर्कै केटासगँ होटलमा श्रीमान श्रीमती बनेर बसेको भन्ने आफुले प्रमाण नै भेटेको पनि लिलबहादुरले बताएका छन । तर अहिले श्रीमतिले त्यसरी मुद्दा हाले पछि आफुहरु पीडित भएको उनको भनाई छ । श्रीमती त्यसरी अरुसगँ रात बिताउदा पनि उल्टै आफुहरु नै पीडित भएर न्याय नपाएको उनले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु