ओली प्रधानमन्त्री निवासमा, देउवा र प्रचण्डसँग भेटवार्ता

२०७८, २३ माघ आईतवार १७:२२

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रमुख दलका अध्यक्षबीच भेटवार्ता सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गाेविन्द परियारले जानकारी दिए।

भेटवार्तामा सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेलसमेत उपस्थित छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु