मेरा प्रेमपत्रहरु – कवि: सुरेन्द्र चौहान

२०७८, २३ माघ आईतवार १५:१३

मेरा प्रेमपत्रहरु – कवि: सुरेन्द्र चौहान

न देख्न पाएँ न लेख्न पाएँ , प्रेमपत्र उन लाई
न उनी आइन न म गएँ , दु:खमा रुनलाई ।

हिउँलाई चुम्दै बहने हावा , खबर लगिदेउ
रोएर बस्ने मायालुलाई , नरुनु भनिदेउ ।

दौडेर कहिल्यै नथाक्ने नदि , गएर भनिदेउ
ढलेको शरीर जलेको आत्मा , मलम बनिदेउ ।

गर्जदै हिड्ने कराल मेघ , खबर भनिदेउ
दौडेको दौडेइ आउछ भनी , हुलाकी बनिदेउ ।

आकाशमा उड्ने ए कोइली चरी , खबर गरिदेउ
निराश बनी रोएको मनमा , आशातृण भरिदेउ ।

औशिका रातमा चम्कने चन्द्र , मायालु कहाँ जाउ
सपनामा हर्दम आउँछु भनी , खबर सुनाइ आउ ।

सिरसिर बहने बसन्ती हावा , अक्सिजन बन है
काल्पनिक डुङ्गा चडेर आउछु , उनलाई भन है ।

Comments

ताजा खबर