जानकी फाइनान्सको १५.७८% लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२०७८, २३ माघ आईतवार १०:०७

काठमाडौं : जानकी फाइनान्सको १५.७८% लाभांश सुरक्षित गर्ने आज आइतबार (माघ २३ गते) अन्तिम दिन हो । फागुन ७ मा वार्षिक साधारण सभा बोलाएको कम्पनीले सोमबार माघ २४ गतेबाट फागुन ६ गते सम्म बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् । सभामा जानकीले १५% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्दैैछ । ०.७८% नगद लाभांश (कर प्रयोजन) दिने प्रस्ताव पनि पेश गरिनेछ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो ।

सभा होटल मानकी इन्टरनेशनल प्राली, शिवचौक जनकपुरमा बिहान १० बजे सुरु हुनेछ । बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ । आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु