भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना

२०७८, २२ माघ शनिबार १०:१९

दोलखा: भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । यसै विषयमा धेरैले विश्वास गर्दै आउनुभएकी सिन्धुकाली मातालेपनयो अनिष्टको संकेत भएको बताउँनुभएको छ ।

उहाँले मानिसकै कारण यस्तो भएको खुलासा गर्नुभएको छ । जुन यो भिडियोमा हेर्न सक्नुहुनेछ । बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म एकघण्टा पसिना आएको हो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गरेका छन् ।

थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु