५६ लाख येन चोरेको आरोपमा अनाथालयका पूर्व कर्मचारी पक्राउ

२०७८, २१ माघ शुक्रबार ११:५७

जापान: जापानको मेई प्रिफेक्चरको इसे शहरमा प्रहरीहरुले एक ४७ वर्षिय बेरोजगार पुरुषलाई पक्राउ गरेका छन् । अनाथालयबाट ५६ लाख येन चोरेको आशंकामा प्रहरीले यो इबुरी नाम गरेका ती व्यक्तिलाई पक्राउ गरेका हुन् ।

इबुरी उक्त अनाथालयका पूर्व कोषाध्यक्ष थिए । उनले त्यहाँको आर्थिक कारोबार हेर्थे । आफूमाथि लागेको अभियोग ती व्यक्तिले स्वीकार गरेका छन् । सारा पैसा आफूले जीवनयापन र घोडादौडमा बाजी थाप्न खर्च गरेको पनि उनले बताए ।

संदिग्द हाल नारा प्रिफेक्चरको तेनरीमा बस्दै आएका छन् । उनले अनाथालयको बैंक खाताबाट सन् २०२० को अगष्टदेखि नोभेम्बरको बीचमा सो रकम झिकेका थिए । इबुरीले सो अनाथालयमा सन् २०१५ देखि काम गर्न थालेको प्रहरीले बताएको छ ।
तर आन्तरिक लेखा परीक्षणका क्रममा अनाथालयको लेखांकनमा थप अनियमितता भएको खुलासा भएपछि गत वर्षको फेब्रुअरीमा उनले काम छाडेका थिए । हाल उनी बेरोजगार थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु