जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन खुल्यो, कति भर्ने ? कति जनालाई पर्ने ?

२०७८, २१ माघ शुक्रबार ११:४०

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन खुलेको छ । सर्वसाधारणले शुक्रबारदेखि भौतिक उपस्थित भएर वा अनलाइनमार्फत् आईपीओ भर्न पाउने भएका हुन् ।

लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये ०.५ प्रतिशत कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरि बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिने छ ।

४ लाख ८७ हजार ९ सय कित्ता १०-१० कित्ताका दरले अधिकतम ४८ हजार ७ सय ९० जनालाई मात्र पर्नेछ । यसकारण १० कित्ता मात्र माग गर्नु उपयुक्त हुनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल हो । जाल्पाले आईपीओ निष्काशनका लागि इक्रा रेटिङ्ग नेपालबाट गराएको रेटिङमा इक्रा एनपी आईआर डबल बि पाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु