अरुण काबेली पावरको खुद नाफामा वृद्धि

२०७८, १८ माघ मंगलवार ०९:५६

२५ मेगावाट क्षमताको काबेली बी-१ जलविद्युत आयोजना संचालन गरिरहेको अरुण काबेली पावर लिमिटेड (AKPL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२०.०२ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ९.६३% ले बढि रहेको छ। खुद नाफा बढेपनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर आम्दानी भने रु.२४.३६ बाट घटेर रु.२१.५९ कायम हुन आएको छ।

कम्पनीले दोश्रो त्रैमास सम्ममा रु.४५.४१ करोड विद्युत बिक्री आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.८८% ले बढि हो। विद्युत बिक्री आम्दानीमा वृद्धि तथा वित्तिय खर्चमा कमी आएको ले कम्पनीको खुद नाफामा प्रगति देखिएको हो।

रु.१.८५ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष २५.०४% ले घटेर रु.२०.६२ करोड कायम रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष भने वृद्धि भएर रु.१.०६ अर्ब कायम हुन आएको छ। शेयरधनीकोष बढेपनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर किताबी मुल्य रु.११८.३४ बाट घटेर रु.१११.१२ कायम हुन आएको छ।

यस्तै, अघिल्लो त्रैमासमा रु.३.६० अर्ब रहेको कर्जा सापट घटेर रु.३.५१ अर्ब पुगेको छ जसले गर्दा कम्पनीको कर्जा र शेयरधनीकोष अनुपात घटेर १७४.३२% कायम हुन गएको छ। कर्जाको अंश वृद्धि हुँदै गएमा व्याज खर्चका कारण कम्पनीको नाफा नोक्सान हिसाबमा उलेख्य असर गर्ने गर्दछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु