मेरोमाइक्रोफाइनान्सको खुद नाफा ८९% ले बढ्यो

२०७८, १७ माघ सोमबार ०९:५५

काठमाडौं: मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (MERO) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२६.६५ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ८९.४१% ले बढि रहेको छ। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.२८.१५ बाट बढेर रु.४४.४३ कायम हुन आएको छ।

व्याज आम्दानीमा उलेख्य १०५.०७% को वृद्धि, खुद व्याज आम्दानीमा ८८.७१% को वृद्धि तथा संचालन नाफामा ८९.४१% ले बढेकोले गर्दा कम्पनीको खुद नाफा बढेको हो।

रु.१.२० अर्ब चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ८७.९३% ले वृद्धि भएर रु.६४.९० करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ५४.०९% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.१.८४ अर्ब कायम भएको छ। शेयरधनीकोष बढेसँगै कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१३४.५४ बाट बढेर रु.१५४.०९ कायम हुन आएको छ।

त्यस्तै, व्यवसाय तर्फ लघुवित्तले उलेख्य प्रगति गरेको छ। दोश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.११.३५ अर्ब कर्जा सापट र ग्राहक सदस्यहरुबाट रु.२.९५ अर्ब निक्षेप संकलन गरी कुल रु.१४.३१ अर्ब पूंजी परिचालन गरी रु.१६.२७ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ५२.०३% र ५५.२८% को वृद्धि रहेको छ।

त्यस्तै, अघिल्लो आ. व. को सोही अवधिमा २.०५% रहेको निष्कृय कर्जा अनुपात बढेर ३.५५% कायम हुन आएको छ। निष्कृय कर्जा अनुपात वृद्धि हुँदै जादा कर्जा नोक्सानी व्यवस्थाका कारण नाफा नोक्सान हिसाबमा प्रत्यक्ष असर पर्ने गर्दछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु