माघ मसान्तसम्म शैक्षिक संस्था सञ्चालन गर्न नपाइने

२०७८, १५ माघ शनिबार २१:३२

कास्की । यसैबीच कास्की जिल्लामा आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुक्रबार जारी गरेका आदेशमा जिल्लामा कोरोना सङ्क्रमणदर ५० प्रतिशत भन्दामाथि रहेको उल्लेख गर्दै विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्था भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भनिएको छ ।

फाईल फोटो

त्यस्तै सिनेमा हल, डान्स बार, दोहोरीलगायत मानिस भीडभाड हुने सबै कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । सबै प्रकारका आमसभा, जुलुसमा पनि प्रशासनले रोक लगाएको छ ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु