सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) आम्दानीमा १५.०३% को वृद्धि

२०७८, १५ माघ शनिबार १५:२८

सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.३.५० करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा २०.३४% ले कमी रहेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.१०.६७ बाट घटेर रु.७.९५ कायम हुन आएको छ।

व्याज आम्दानीमा १५.०३% को वृद्धि, खुद व्याज आम्दानीमा १३.१२% को वृद्धि आए पनि कर्जा तथा अन्य नोक्सानी व्यवस्था बढेकोले कम्पनीको खुद नाफामा गिरावट आएको हो।

रु.८८.१० करोड चुक्ता पूंजी रहेको फाइनान्सको जगेडा तथा कोष १.०४% ले बढेर रु.३५.८९ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ४०.७५% रहेको छ। यस्तै, फाइनान्सको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.१.२४ अर्ब कायम भएको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१४३.१५ बाट घटेर रु.१४०.७५ कायम हुन आएको छ।

राष्ट्रिय स्तरमा कारोबार गर्ने फाइनान्सको व्यवसायमा राम्रो वृद्धि देखिएको छ। दोश्रो त्रैमास सम्ममा ग्राहकहरु बाट रु.५.७६ अर्ब निक्षेप संकलन गरी रु.४.९४ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ९.५६% र ३८.७७% ले बढेको छ।

त्यस्तै, अघिल्लो आ. व. को सोही अवधिमा ३.२२% रहेको निष्कृय कर्जा अनुपात घटेर १.६१% कायम हुन आएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु