कालिन्चोक दर्शन लिमिटेडको साधारण शेयर निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट नियुक्त

२०७८, १५ माघ शनिबार १५:२२

श्री कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाणडौको निष्काशन गर्नुपर्नेे १२,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि श्री नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीका बीच कालिन्चोक दर्शन लिमिटेड, गौशाला, काठमाण्डौमा मिति २०७८ माघ १३ गते द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु