सार्वजनिक सवारीमा जोर/बिजोर प्रणाली हट्यो

२०७८, १४ माघ शुक्रबार २२:०८

काठमाडौं । कोभिड संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै उपत्यकामा लागु गरिएको जोर/ बिजोर प्रणाली आज राति १२ बजेदेखि हटाउने निर्णय भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर दुई पांग्रे सवारी साधन तथा नीजि सवारी साधनमा भने गतेका आधारमा चलाउने जनाएको छ ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा आज मध्यरातदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोररबिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् ।

ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोक्ने सवारी साधनमा भने जोर/बिजोर प्रणाली लागू हुने छैन । सार्वजनिक सवारीमा जोर/बिजोर प्रणाली हटाइएपनि ट्याक्सी र निजी सवारी साधन भने उक्त प्रणाली यथावत नै रहनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु