इसेवा मनी ट्रान्सफर र कतारको युनिमोनीबीच सम्झौता, रेमिट्यान्स पठाउँदा ७७ रुपैयाँ बोनस पाइने

२०७८, १४ माघ शुक्रबार १९:०७

काठमाडौं। इसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर तथा विदेशी मुद्रा एक्सचेन्जमा युनिमोनीबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ। कतारमा रहेका नेपालीहरुका लागि उक्त सम्झौतासँगै घरमा पैसा पठाउन माध्यम सहज भएको छ।
अब युनिमोनीको कतारमा रहेका नौवटा शाखाहरुबाट नेपालमा इसेवामार्फत पैसा पठाउन सकिने कम्पनीले जनाएको छ। युनिमोनीका शाखाहरुबाट नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इसेवा वालेटमा तत्काल रकम पठाउन सकिने बताइएको छ।

यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै पाउन सकिने कम्पनीले जनाएको छ। साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै इसेवा वालेटमा पाउने गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत पाइने कम्पनीले जनाएको छ।

‘इसेवा मनी ट्रान्सफर र युनिमोनीबीचको सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ। यसले कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ,’ इसेवाका सीइओ अजेस कोइरालाले भने।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु