जाल्पा सामुदायिक लघुवित्तले माघ २१ देखि आइपिओ निष्काशन गर्ने

२०७८, १४ माघ शुक्रबार १०:२८

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले मिति २०७८ माघ २१ गते देखि ४ लाख ८७ हजार  सय कित्ता बराबरको साधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ।

कम्पनीको प्रति साधारण शेयर रु.१०० अंकित दरका  लाख २२ हजार कित्ता साधारण शेयर मध्ये २६ हजार  सय कित्ता अर्थात शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा  हजार कित्ता अर्थात जारी पूंजीको ०.५शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने  लाख ८७ हजार  सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आउन लागेको हो।

निष्काशन मिति २०७८ माघ २१ गते देखि २५ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ फागुन ६ गते सम्म खुल्ला रहने छ। 

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ५,२२० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

Comments

ताजा खबर