जानकी फाइनान्सको व्यवसाय सँगै नाफामा वृद्धि

२०७८, १३ माघ बिहीबार १४:००

जानकी फाइनान्स कम्पनी लिमिटेड (JFL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.३.५५ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा रु.३.३० करोड घाटामा रहेको थियो। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि बढेर रु.११.८५ कायम हुन आएको छ।

व्याज आम्दानीमा २९.६१% को वृद्धि, कुल संचालन आयमा ६५.३०% को वृद्धि तथा कर्जा तथा अन्य नोक्सानी व्यवस्थामा आएको कमीले गर्दा कम्पनीको खुद नाफा बढेको हो।

रु.६०.०४ करोड चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष २७.७०% ले वृद्धि भएर रु.३४.०५ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ५६.७१% रहेको छ। यस्तै, फाइनान्सको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.९४.०९ करोड कायम भएको छ। शेयरधनीकोष बढेसँगै कम्पनीको प्रति शेयर किताबी मुल्य पनि रु.१४४.४१ बाट बढेर रु.१५६.७१ कायम हुन आएको छ।

त्यस्तै, फाइनान्सको व्यवसायमा राम्रो वृद्धि देखिएको छ। दोश्रो त्रैमास सम्ममा ग्राहकहरु बाट रु.३.०८ अर्ब निक्षेप संकलन गरी रु.३.०१ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ७.१६% र ३८.९४% ले बढेको छ।

त्यस्तै, अघिल्लो आ. व. को सोही अवधिमा ७.९३% रहेको निष्कृय कर्जा अनुपात घटेर ५.३१% मा झरेको छ। निष्कृय कर्जा अनुपात वृद्धि हुँदै जादा कर्जा नोक्सानी व्यवस्थाका कारण नाफा नोक्सान हिसाबमा प्रत्यक्ष असर पर्ने गर्दछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु