पाल्पा, २२ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ । ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्नुपर्ने सीटीईभीटीले जनाएको छ ।१५ कलेज मध्ये पाल्पाकाे लुमि्वनी मेडीकल कलेज समेत रहेकाे छ ।
चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने भन्दै सीटीईभीटीले ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन नगर्न सूचना जारी गरेकाे हाे । अव शैक्षिक सत्र २०७८-०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना लिन ति १५ कलेजले पाउने छैनन् ।
CTEVT काे सूचना
Comments