राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

२०७८, ९ मंसिर बिहीबार १३:११

राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले उम्मेदवारी घोषणा गरेका हुन् । आज काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा लिङ्देनले पार्टीका आम नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनाअनुसार उम्मेदवारी दिन लागेको बताए ।

उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताए । उनले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताए ।

कार्यक्रममा नेता धवलशम्शेरले पार्टीमा नयाँ अनुहार दिन नसके पार्टी सिद्धिने बताए । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Comments

ताजा खबर