उच्च कारोबार गर्ने १० ब्रोकर कुन–कुन ? कसले कतिको किने / बेचे ?

२०७८, ५ मंसिर आईतवार १८:५७

काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारमाकेही बिक्रीचाप परेको छ। कारोबार पनि सवा ४ अर्ब रुपैयाँभन्दा थोरै बढी मात्रै भएको छ।

उच्च कारोबार गर्ने ब्रोकर कम्पनीहरुमा आज पनि नासा सेक्युरिजि (स्टक ब्रोकर नम्बर ५८) नै पहिलो स्थानमा छ। नासाले आज ४६ करोड २७ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने २९ करोड १३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ l

दोस्रो स्थानमा त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) रहेको छ। यो ब्रोकरले आज १६ करोड ४८ लाखबराबरको सेयर खरिद गरेर २४ करोड ६९ करोड रुपैयाँबराबरको बिक्री गरेको छ।

आज इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) तेस्रो स्थानमा छ। इम्पेरियलले १६ करोड २० लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले १९ करोड ९४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

उच्च कारोबार गर्ने ब्रोकरको चौथोमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) रहेको छ। यो ब्रोकरले ११ करोड ९६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २३ करोड रुपैयाँबराबरको बिक्री गरेको छ।

आज अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) कारोबारको हिसाबले पाँचौँ स्थानमा छ। १४ करोड ५९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको अनलाइनले आज १९ करोड रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

छैटाँै स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) रहेको छ। भिजनले१६ करोड ७१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १५ करोड २६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।

आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) १४ करोड २५ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दै सातौँ स्थानमा रहन सफल भएको छ। आर्यतारले आज १५ करोड २६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

आठौँमा आज दिपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नं. ३८) रहेको छ। आज १५ करोड ३१ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दै दिपशिखाले १३ करोड ३८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।

नवौँ र दसौँ नम्बरमा क्रमशः अरुण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३) र सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २०) रहेका छन्। अरुणले ६ करोड १८ लाखबराबरको सेयर खरिद गरेर १९ करोड ९४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। सिप्लाले भने १० करोड ५३ लाख रुपैयाँबराबरको  सेयर खरिद गरेको छ भने १४ करोड ५७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।

आज २ करोड २६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको नागरिक स्टक डिलरले १५ लाख ४२ हजार रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु