एमालेको राष्ट्रिय महाधिवेशन – पाल्पाबाट १५ जना प्रतिनिधि चयन

२०७८, २७ कार्तिक शनिबार २२:२०

पाल्पा, २७ कात्तिक । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागी १५ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन। पाल्पा क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जि.सी., राधाकृष्ण कंडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई चयन भएका हुन । 

यस्तै पाल्पा क्षेत्र नं २ बाट अशोक कुमार शाही, राम बहादुर राउत, मोहन थापा मगर, ओम बहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा र गीता पाण्डे चयन भएका छन्। यसैगरी उत्पिडिततर्फ ठाकुर लोहागुन र दिपक विश्वकर्मा चयन भएको एमाले पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले बताए।

फाइल फोटो

केन्द्रीय नेतृत्वमा रहेका ३ जना स्वत: महाधिवेशन प्रतिनिधि चयन भएका छन्। केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे पाल्पाबाट स्वतह:  महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। यस अघि सम्पन्न भएको ८१ वडा र १० पालिकामा पनि एमालेले सहमतीमा नेतृत्व चयन गरिसकेको छ। यहि मंसिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदै छ ।

Comments

ताजा खबर