रुख ढलेर लाग्दा एकको मृत्यु

२०७८, १८ कार्तिक बिहीबार १७:२६

कात्तिक१८, पाल्पा । बाटोमा हिंड्दै गरेका एक ब्यक्तीलाई बरको रूख ढलेर लाग्दा उनको मृत्यु भएको छ। तानसेन नगरपालिका-१४ अर्गलीका ५० वर्षीय लक्षमण प्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तानसेन नगरपालिका १३ छेर्लुङ स्थित आफन्तको घरमा जाँदै गर्दा पाण्डेलाई बरको रूख ढलेर लागेको थियो ।कालीगण्डकी कोरिडोर नजिकै रहेको कुरुङ खोला तर्ने क्रममा एक्कासी माथिबाट बरको रूख ढलेर लागेको थियो पाल्पा प्रहरीले जनाएको छ ।

रुखले लागेका पाण्डेलाई पुल देखि २० मिटर तल खोलामा बासको झ्याङमा अड्किएको अवस्थामा भेट्टाइएको थियो । फाइल तस्बिर  ।

Comments

ताजा खबर