ढुक्क भएर झिलिमिली बत्ती बाल्न विद्युत प्राधिकरणको आग्रह

२०७८, १६ कार्तिक मंगलवार २१:५३

काठमाडौं । तिहारको अवसरमा नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा विद्युतको कुनै अभाव नहुने बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्मी पुजाको दिन १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको र सोहि अनुरुप अभाव हुन नदिने बताएको छ ।

अहिले पनि हाम्रो आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी भएको समेत बताए । पत्रकार सम्मेलनमा घिसिङले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह समेत गरेका छन् । तिहारमा झिलिमिली बत्ती बाली घरटोल सबै उज्यालो बनाइन्छ ।

Comments

ताजा खबर