सहरी विकासमन्त्री झाँक्री अस्वस्थ, वीर अस्‍पतालमा उपचार हुँदै

२०७८, ११ कार्तिक बिहीबार १३:०६

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । अस्वस्थ भएपछि मन्‍त्री झाँक्रीले वीर अस्‍पतालमा उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए ।

फाइल फोटो

निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । ‘मन्त्रीज्यू  अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता शर्माले भने । बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाँक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु