ओलीले रिस साँध्न सबै न्यायाधीशहरूलाई हटाउनुपर्छ भने : माधव नेपाल

२०७८, ११ कार्तिक बिहीबार १२:५६

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनविरुद्धको मुद्दामा ‘परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने’ भन्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अनुचित भएको बताएका छन् ।

फाइल फोटो

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उनले ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरूलाई हटाउनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका हुन् । ओलीले रिस साँध्नका लागि त्यस्तो अभिव्यक्ति दिएको उनको भनाइ छ ।

“केपी ओलीजीले सारा थोक बिगार्नुभएको हो । उहाँले न्यायपालिकामा अनावश्यक रूपमा लाञ्छना लगाउने काम गर्दै आउनुभयो । न्यायपालिकालाई स्वतन्त्र ढंगले भूमिका निर्वाह गर्न दिनुपर्ने कुरामा आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्ने उहाँले जुन ढंगले भूमिका खेलिरहनुभएको छ, उहाँले अत्यन्तै अनुचित, हस्तक्षेपकारी र देशको सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।”

स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्न नहुनेमा उनले जोड दिए । प्रधान्यायाधीशलाई महाअधियोग लगाउने विषयमा सत्ता गठबन्धनमा कुनै छलफल नभएको समेत बताए । पाँचदलीय गठबन्धनलाई चुनवासम्म कायम राख्ने पनि उनले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु