चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर गैडा मृत भेटियो ।

२०७८, ८ भाद्र मंगलवार ०६:३५

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एक भाले गैडा मृत भेटिएको छ ।

फाईल फोटो

निकुञ्जका अनुसार निकुन्जको पश्चिमी सेक्टर मातहतको  कोर  इलाकामा पर्ने  कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रको नारायणी नदीको बाहिरी भंगलाको किनारमा गैंडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अन्दाजी दश वर्षको देखिने उक्त गैडा दलदल तथा भासमा परि मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । गैडाको खाग खुर सुरक्षित रहेको छ ।  यस चालु आर्थिक बर्ष ०७८–७९ मा मात्र यो सँगै ७ गैडाको मृत्यु भएको छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु