माधव नेपाल समूहका नेता चन्द्रागिरी रिसोर्टमा

२०७८, ८ भाद्र मंगलवार ०६:२५

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका छन् ।

उनीहरु सोमबार त्यहीँ बसेका हुन् । करिब ५० वटा कोठा बुक गरिएको स्रोतले जानकारी दियो ।

“त्यो भन्दा बढी पनि हुन सक्छ,” एक नेताले भने, “सांसद र केन्द्रीय समितिका सदस्यहरुबीच यहीँ छलफल हुनेछ ।”

यसअघि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलअनुसार आज स्थायी कमिटीको बैठक बोलाइएको छ । जहाँ यसअघि नेपालसँगै रहेका नेताहरु पनि उपस्थित हुने जनाएका छन् ।

नेपाल समूहमा रहेका स्थायी कमिटीका सदस्यहरु ओलीले बोलाएको बैठकमा सहभागी हुने जनाएका छन् । उनीहरुले ओलीले गरेको कारबाही फिर्ता हुनुपर्ने र नेता नेपालले पार्टी दर्ताका लागि दिएको निवेदन फिर्ता लिनुपर्ने माग राखेका छन् ।

तर कतिपयले बाँकी नेता ओलीसँगै रहने बहानामात्रै भएको बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु