पेट्रोलियम पदार्थको मूल्य वृद्धि, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय ५० पुग्यो

२०७८, ७ भाद्र सोमबार २१:२३

नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।
नेपाल आयल निगम लिमिटेडले सोमबार राति १२ बजेबाट लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर बढेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको छ । अब एक सिलिन्डर ग्यासको मुल्य १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गरेको आयल निगमले जनाएको छ। मूल्य वृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा ९६ करोड रुपैयाँ नोक्सान हुने आयल निगमले बिज्ञप्ति मार्फत जनाएको छ ।

Comments

ताजा खबर