शून्य प्रतिशत ब्याजमा मोटरसाइकल किन्न सकिने

२०७८, २४ असार बिहीबार ०४:३३

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरका कारण अर्थतन्त्र तहसनहस भयो । सबै क्षेत्र प्रभावित भए । कोभिड–१९ को कारण अर्थतन्त्र थला पर्दा त्यसको मार अटो बजारमा पनि पर्यो ।

नेपालमा पहिलो चरणमा देखिएकाे कोरोना महामारीको कारण लकडाउनले व्यापार ठप्प भए भने दोस्रो लहरले व्यवसायमा ठूलो संकट निम्त्यायो ।

अहिले नेपालमा दोस्रो लहरपछि व्यापार व्यवसाय खुल्ला गर्दै तग्रीन लागेका छन । लुजडाउनपछि अटो बजारलाई पुरानो लयमा फर्काउनका लागि व्यवसायीहरुले दशैं तथा नाडा अटो शोमा भन्दा पनि बढी छुट र ‘स्किम’ हरु ल्याउन थालेका छन ।


के के आए स्कीम ?
अहिले दुईपाग्रे सवारी कम्पनीहरुले मोटरसाइकल तथा स्कुटर खरिदमा विभिन्न अफर ल्याइसकेका छन भने केहि चारपाग्रे कम्पनीले ल्याउने तयारी गरिरहेका छन् ।

गत बर्षपनि कोरोनाले सिथिल बनाएको व्यापार व्यवसायलाई लयमा फर्काउन नयाँ नयाँ स्किम सार्वजनिक गरेका थिए । यो बर्षपनि दुईपाग्रे सवारीले आकर्षक अफर सार्वजनिक गरेका छन् । यतिवेला दुईपाङ्ग्रे सवारीमा अफरको बहार छाएको छ ।

बजाज बाइकको नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाजका बाइकमा २० देखि ५० प्रतिशत डाउन पेमेन्ट मै मोटरसाइकल उपलब्ध गराउन थालेको छ । त्यसैगरी बजाज बाइक खरिदमा १० हजार रुपैयाँ छूटसमेत दिएको छ ।

यदि ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर किस्तावन्दीमा मोटरसाइकल खरिद गर्ने हो भने शून्य प्रतिशत ब्याजदरमा नै बजाजको नयाँ बाइक उपलब्ध हुने कम्पनीले जनाएको छ ।


त्यसैगरी, नेपालमा सर्वाधिक विक्रि हुने यामाहाले पनि कोरोना दोस्रो लहरपछि मोटरसाइकल तथा स्कुटर खरिदमा छुट तथा विभिन्न सुविधा ल्याएको छ । यामाहाको बाइकको आधिकारीक बिक्रेता मोरङ अटो वर्कले कम डाउनपेमेन्टमा नै यामाहाको बाइक र स्कुटर उपलब्ध गराउने अफर ल्याएको छ ।कम्पनीका अनुसार ८५ हजार आठ सय ७० रुपैयाँ तिरेर किस्तामा बाइक खरिद गर्न सक्ने छन ।

कम्पनीले शून्य प्रतिशत ब्याजका साथै ८ हजार नगद छुट पनि दिएको छ । शुन्य प्रतिशत व्याजमा बाइक खरिद गर्दा भने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ भने बाँकी रकम दुई बर्ष भित्र किस्ताबन्दी सुविधा मार्फत तिर्नुपर्ने हुन्छ ।

त्यस्तै, टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि शुन्य प्रतिशत व्याज स्कीम ल्याएको छ । जसमा कम्पनीले फुल पेमेन्ट गरेर बाइक खरिद गरेको खण्डमा ८ हजार नगद छुट समेत पाउन सक्ने छन ।

त्यस्तै, भेस्पा स्कुटरमा २ वर्षको सडक कर निशुल्कका साथै ५ हजार नगद छुट, शुन्य प्रतिशत व्याजदर, लगायतको अफर रहेको छ ।

बेनेलीलेपनि पुरानो बाइकसँग एक्सचेज सुविधिमा थप २० हजार मुल्याङ्कन, नयाँ मोटरसाइक खरिदमा १५ हजारसम्म नगद छुट लगायतको सुविधा उपलब्ध गराएको छ ।

अन्य दुई तथा चारपाङ्ग्रे सवारीकम्पनीले पनि यस्ता स्कीम ल्याउने तयारी गरिरहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु