तिनाउमा बाढी, किनाराका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

२०७८, १ असार मंगलवार १९:५५

बुटवल, १ असार । तीन दिन देखि लगातारको वर्षासँगै तिनाउ नदीमा पानीको बहाव बढेको छ । उर्लिएको तिनाउको बाढीले खतराको सिमा पार गर्न लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । तिनाउ तट क्षेत्रमा रहेका जनताहरुलाई उच्च सतर्कता अपनाउन बुटवल उपमहानगरापालिकाका प्रमुख शिवराज सुवेदीले आग्रह गर्नुभएको छ ।

लगातार वर्षासँगै पानीको वाहाव बढ्दै गएपछि आपतकालीन सहायता आवश्यक परेमा तिनाउ नदीको निरीक्षण गर्दै सुवेदीले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेता तथा प्रमुख जिल्ला अधिकारी लगायत टोल विकास संस्थाका निकायहरुलाई तयारी अवसस्थामा रहन आग्रह गर्नुभएको छ । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागी खटाएको छ ।

Comments

ताजा खबर